कन्चनपुर १९ असोज ।
एकीकृत माओवादीका कार्यकर्ताले कन्चनपुरमा कार्यरत एक पत्रकारलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।
गत असोज १४ गते बेलुकी एमाओवादी कार्यकर्ता कुवेर धामीले कन्चनपुरको सब्जीमण्डी क्षेत्रमा नेपाल पत्रकार महासंघ कन्चनपुर शाखाका सहसचिव धर्मराज कठायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन ।विनाकारण एक्कासी बजारमा हिडिरहेका पत्रकार कठायतलाई कुटपिट गरिएको भन्दै नेपाल पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार महासंघ कन्चनपुरले कुटपिटमा सम्लग्न हुने एमाओवादी कार्यकर्तालाई कारवाही गर्न माग गरेका छन् ।बेलुकी साढे ४ बजेतिर हिड्दै गरेका पत्रकार कठायतलाई एमाओवादी कार्यकर्ता कुबेर धामीले भएको कुटपिट सम्पूर्ण प्रेसमाथिको आक्रमण भएको क्रान्तिकारी पत्रकार महासंघले कन्चनपुरले जनाएको छ ।महासंघका सचिव उमेशराज अवस्थीले एक विज्ञप्ती जारी गर्दै पत्रकार कठायतको उपचारको व्यवस्था गर्न तथा दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।दोषीमाथि कारवाही नगरे आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि उनले जनाएका छन्
Comments[ 0 ]
Post a Comment