युएइको नेपाली दुतावासभित्रै गजबको विजनेश ..(भिडियो सहित)...
Sunday, October 19, 2014
हरि श्रेष्ठ ।
एमआरपी पासपोर्टको लागि आवेदन दिएको झण्डै ६ महिना पछि त्यही पासपोर्ट लिने शिलशिलामा मा युएइको आबुधाबीस्थित नेपाली दूतावास गएको थिएँ । यो यही अक्टुवर १३ को कुरा हो ।
त्यहाँ २६–२७ वर्षका जस्ता देखिने एक पाकिस्तानी मूलका नागरिकले म लगायत त्यहाँ पुगेका सबैको ध्यानाकृष्ट गरायो । ती मानिस सबैसंग गम र कालो मसी प्रयोग गरे वापतको भन्दै दूतावासबाट सेवा लिन पुगेका सबैसँग पैसा असुल गरिरहेका थिए ।
त्यो गम र कालो मसी उनले आफ्नो नीजि पैसाले किनेको भन्दै उनले त्यसरी सबैसँग पैसा लिइरहेको देखेर शुरुमा त म अलमलमा परें । पछि उसको यो धन्दामा दूतावासका कुनै न कुनै कर्मचारीको मिलोमतो छ भन्ने निष्कर्षमा पुगें म । नत्र ती पाकिस्तानीले नेपाली दूतावासमा आएर यसरी हाकाहाकी कालो विजनेश गर्ने कसरी आँट गथ्र्यो र ? त्यसैले यो कुकृत्यलाई सार्वजनिक गर्नुपर्छ भनेर मैले आफ्नो मोबाइल निकालेर भिडियो बनाऊदै सोधपुछ गर्न थालें ।
यसरी मैले उनको भिडियो रेकर्ड गर्न थालेपछि भने ती मान्छे आत्तिन थाल्यो । उसले असुल गरेको सबैको पैसा फिर्ता पनि गरायौं । त्यो काममा सबै साथीहरुले मलाई साथ दिनुभयो । त्यसपछि ती मान्छेलाई दुतावासको जिम्मा लगायौं ।
तर अचम्म बाहिर त्यसरी हाकाहाकी सेवाग्राहीलाई ठगिरहँदा पनि दुतावासले भने त्यसबारेमा आफूहरुलाई केही थाहा नभएको जवाफ दियो । विवाद र छलफलको लेभल बढ्दै गएर राजदूत झा सरसम्मै पुग्यौं । तर उहाँले पनि त्यसबारेमा आफूलाई जानकारी नभएको लाचारी मात्र पोख्नुभयो ।
हुन त दूतावासको अवस्था नै यस्तो दयनीय छ कि अरु कुराको अपेक्षा गर्नु नै मूर्खत जस्तो लाग्छ । यस्तो लाग्छ नेपाली दूतावासले युएइमा नेपालको प्रवद्र्धन गरिरहेको छ कि बेइज्जती ?
दूतावास पुग्ने सेवाग्राहीहरुलाई सेवा दिइरहेको छ कि सास्ती दिएर उल्टै सजायँ दिइरहेको छ ? किनभने दुतावासको परिसरमा पुगे पछि यस्तो लाग्छ कतै बाटो बिराएर भेंडा बाख्रा राख्ने खोरमा त पुगेनौं ? यहाँको अव्यवस्था वर्णन गरिनसक्नु छ ।
दूतावास जस्तो ठाउँमा एउटा शौचालयसम्म छैन । हरेक सेवाका लागि कम्तिमा ४५ मिनेटसम्म लाइनमा बस्नुपर्छ । त्यति समय पिसाबको पीरो दुर्गन्ध सहनुको विकल्प छैन । केटा मान्छेलाई त लौ केही राहत होला,महिला दिदी बहिनीको पीडा त बर्णन गरिनसक्नुछ ।
अर्को कुरा दुतावासभित्रै गजबको विजनेश पनि हुँदो रहेछ–फोटोकपी र फारमको नाममा । नागरिकताको एककपी फोटोकपी गरेको पाँच दिराम,दुवै पट्टि गरे १० दिराम शुल्क लाग्दो रहेछ । यो दूतावासमा दिनमा कम्तीमा ४ सयदेखि ५ सयजना सेवाग्राही सेवा लिन आउँने गरेको दूतावासले नै जानकारी दिएको छ ।
यस हिसावले दूतावासको मासिक कमाइ नै ६० लाख भन्दा बढी हुने सहजै अनुमान लगाउँन सकिन्छ । तर त्यत्रो आम्दानी हुने दूतावासको अवस्था किन त्यस्तो दयनीय ? त्यो आम्दानी कहाँ खर्च हुन्छ ? कसले लैजान्छ ?
अब चाहिं सास्ती मात्रै खेप्दै आएका हामी परदेशी नेपाली जनता आफैंले दूतावास र नेपाल सरकारसँग हिसावकिताव पनि माग्ने हो कि ? किनकि सूचनाको हक नेपाल सरकारले पनि ग्यारेन्टी गरिदिएको छ ।
हालयुएइ..
Comments[ 0 ]
Post a Comment