नेपाली चलचित्र क्षेत्रको एक चर्चित नाम हो सुमिना घिमिरे । चलचित्र दुलहीमा घुम्टो ओढेर फिल्म क्षेत्रमा आएकी सुमिनाले बीचमा निकै कम कपडा लगाएर पनि चलचित्र खेलिन् ।
आम दर्शकले उनलाई कथाले मागेको दृश्य आनन्दले दिने नायिका भनेर पनि चिन्दछन् ।
फिल्म पाउन नायिकाहरु बिच तँछाडमँछाड हुन्छ रे नि ?
अहिलेको जमानामा प्रतिस्पर्धा हुँन जरुरी छ । फिल्म पाउन तँछाडमँछाड नै चाहि हँुदैन । क्यारेक्टरमा जो फिट हुन्छ उसले फिल्म पाउँछ । कथाले मलाई नै माग्छ भने मलाई नै लिनुहुन्छ, होईन भने अरु कसैलाई । कसैलाई चाप्लुसी गरेर फिल्ममा काम पाईन्छ भन्ने मलाई लाग्दैन । र त्यसो गर्नु पनि हुन्न ।
चलचित्र भिमदत्तमा भिमदत्तको श्रीमतीको भूमिका निभाउनु भएको छ । भिमदत्तको श्रीमती कस्तो हुनुहुन्यो थाहा छ ?
मैंले पहिलाको उहाँको फोटो हेरेको थिएँ । ब्ल्याक एण्ड ह्वाइटमा पहिल्यैको फोटो हेर्न अवसर पाएको थिएँ । त्यही फोटो हेरेर साथै उहाँको बारेमा अध्ययन गरेर केही कुराहरु थाहा पाएको थिए ।
भिमदत्त पन्तका बारेमा तपाईको बुझाई ?
भिमदत्त पन्त एउटा किसान नेता हुनुन्थ्यो । उहाँ विदेशी सेनाबाट मारिनु भयो । उहाँलाई शहिद घोषणा गरिनु पर्थ्यो । तर अझै पनि गरिएको छैन । शहिद घोषणा गर्नु पर्छ भन्ने हामी फिल्म युनिट सबैको माग हो । यो मागलाई सरकारले सुनोस् । उहाँको त्यागको कदर होस् भन्ने हामी सबैको माग हो ।
नेपालका केही शीर्ष नेताहरुले पनि भिमदत्त फिल्म हेर्नु भएको छ, तपाईको भूमिकालाई लिएर के भन्नु भयो उहाँहरुले ?
उहाँहरुले मेरो कामलाई मन पराइदिनु भएको थाहा पाएको छु । केही नेताहरुले डडेलधुराकै भाषा प्रयोग गर्नु भएको रहेछ राम्रो लाग्यो भन्नु भएको छ । माओवादी नेता प्रचण्ले त यो विषयलाई गहन अध्ययन गर्ने पनि भन्नु भएको छ रे । त्यस्तै कांग्रेसका नेता शेरबहादुर देउवाले भिमदत्तको टाउको काटेर बाँसमा झुन्ड्याइएको दृश्य साँचो हो कि होइन भनेर बुझ्न खोज्नु भएको थियो ।
राजनैतिक दलका शीर्ष नेताहरुबाट पाएको प्रतिक्रियालाई कसरी लिनु भएको छ ?
नेताहरु बाटै यस्तो प्रतिक्रिया पाउँदा निकै खुशी लाग्छ । नेताहरुबाट मात्रै होईन चलचित्र जति ठाँउमा प्रर्दशन गरियो आम दर्शकले पनि निकै प्रशंसा गर्नुभएको छ । भिमदत्तमा काम गर्न पाउनुले म आफुलाई भाग्मानी ठानिरहेकी छु । पहिला त चलचित्रमा आफ्नो भूमिकालाई न्याय दिन सक्छु कि सक्दिन भन्ने डर थियो, तर जे होस् काम राम्रै गरेकी रहेछु भन्ने लागेको छ ।
नेपाली सिनेमाका बाघ भनेर चिनिने शम्भू प्रधानको फिल्म रङ वैजनीमा काम गर्दाको अनुभवलाई कसरी लिनु भएको छ ?
यस्तो खालको ब्यानरमा काम पाउनु ठुलो अवसर हो । पहिला धेरै राम्रो फिल्म निर्देशन गर्नु भएका निर्देशकको रोजाईमा पर्नु पनि निकै खुशीको कुरो हो नि, हैन र ? शम्भू सरको बाह्र वर्षको खोलो हामीतिरै फर्कियो भनेर हामीले सुटिङमा पनि कुरा गर्यौं । ‘रङ वैजनी’ मा हामी एउटा परिवार जसरी काम गर्यौ । काम पनि भने झै भएको छ । हेरौं चलचित्र प्रर्दशनमा आएपनि राम्रै प्रतिक्रिया पाउछु भन्ने लागेको छ ।
प्रस्तुति : अर्जुनकुमार संग्रौला/उज्यालो बाट
|
|
Comments[ 0 ]
Post a Comment