

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।
घटना अर्जेन्टिनाको हो ।
अर्जेन्टिना
को सेन्ट्रो क्षेत्रमा रहेका एक किसानको बाख्राले प्रसुतिको समय नै नपुगी मान्छेको अनुहार जस्तै भएको पाठो जन्माएपछि त्यसले ठूलै हंगामा मच्चायो ।यद्यपि बाख्राले मरेको तथा जिउ नै राम्ररी विकशित नभएको पाठो जन्माएको थियो र ती किसानले तत्कालै त्यो पाठोलाई गाडेका थिए । तर एक जना छिमेकीले त्यो पाठो जन्मिने बित्तिकै त्यसको फोटो खिच्न भ्याएछन् र त्यसलाई अनलाइनमा समेत राख्न भ्याएछन् ।
त्यसपछि त के चाहियो र ? त्यसले ठूलै चर्चा पायो ।
कतिपय गाउँलेले त्यो बाख्रीका मालिक परिवारका पुरुष सदस्यले बाख्रीमाथि करणी गरेको र मानिसबाटै गर्भिणी भएका कारण बाख्रीले त्यस्तो बच्चा जन्माएको भनेर हौवा फिँजाउन पुगे ।
मान्छेको अनुहार जस्तै भएको पाठो पाउने त्यो बाख्रीकी मालिक्नी ओल्गा भिलाल्बाले आफ्नो परिवारमाथि लागेको त्यस्तो घृणित आरोपको सख्त खण्डन गर्दै त्यो बाख्रीमाथि कसैले पनि त्यस्तो करणी नगरेको दाबी गरेकी छिन् ।
त्यो पाठो जन्मिदा नै मरिसकेको र त्यसलाई देख्न नसकेर आफुहरुले खाल्डोमा पुरेको भन्दै उनले किटनाशक औषधिको अत्यधिक प्रयोगले त्यस्तो उत्परिवर्तन भएको बताइन् । source: dailystar
Comments[ 0 ]
Post a Comment