प्रकृतिको लिला पनि बुझि नसक्नु छ ।चीनकी वाङ फाङको खुट्टा अगाडी फर्किनु पर्नेमा पछाडी फर्किएको छ । चोङक्वीङ शहरमा बस्ने वाङ फाङ जन्मिँदा नै उनको खुट्टा यस्तै अनौठो थियो ।उनलाई सरकारले अपाङ्ग भत्ता दिन चाहेपनि उनले भने लिन मानेकी छैनिन् । चिकित्सकहरुले शूरुमा उनी हिँड्न नसक्ने आशंका गरेपनि अहिले उनी हिड्न सक्छिन् र सामान्य जीवन यापन गरिरहेकी छिन् ।

३० वर्षीय फाङले रेष्टुराँमा वेट्रेसको काम गर्छिन् । आफूलाई अपाङ्ग भनेको मन पर्दैन उनलाई ।आफू साथीहरु भन्दा छिटो दगुर्न सक्ने बताउने उनले आफूलाई अपाङ्ग भन्नु पर्ने कुनै कारण नै नभएको बताउँछिन् । उनले टाउको पछाडि फर्किएका ब्राजिली पुरुष क्लाउडियो भिएरा डे ओलिभिएरालाई आदर्श ब्यक्ति मान्छिन् ।
Comments[ 0 ]
Post a Comment