
काठमाडौं, आश्विन २८ - जनकवि केशरी धर्मराज थापाको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा काठमाडौंको स्वयम्भूस्थित निवासमा निधन भएको हो ।
अन्तिम श्रद्धान्जलिका लागि थापाको पार्थिव शरीर कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिनेछ ।
थापा उच्च रक्तचाप तथा प्यारालाइसिस पीडित थिए । थापाको प्यारालाइसिसका कारण दाहिने हात र खुट्टा चल्दैनथियो ।
हरियो डाँडामाथि, हलो जोत्ने साथी... बोलको चर्चित गीतका लोकगायक थापा दर्जनौं पुस्तक प्रकाशित भइसकेका छन् । २०१३ सालमा राजा महेन्द्रले उनलाई जनकवि केशरीको उपाधि दिएका थिए । चर्चित लोकगायिका ज्ञानु राणा थापाकै छोरी हुन्
Comments[ 0 ]
Post a Comment