रोल्पा, असोज ३० – रोल्पाको झेनाममा दुई बालक मृत अवस्थामा फेला परेका छन् । झेनाम–२, कुङ्रीभिरमा उनीहरु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा झेनाम–७, स्याउलीबाङ घरभई हालः दाङ मानपुर बसाइसराई गरेका ९ वर्षीय भिमलाल रोका र सोही ठाउँ घर भई दाङ बसाईं सरेका ११ वर्षीय सुशिल पुन रहेका छन् । दशैं मनाउन रोल्पा मामाघर आएका ती बालकहरु नुवागाउँ–१, द्वारपानीमा मृत अवस्थामा फेला परेका हुन् ।
उनीहरुलाई गाई चराउन गएका स्थानीयवासीले मृत अवस्थामा फेला पारेका थिए । घटना भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी पुगेर पोष्ट मार्टमको लागि तुलसीपुर पठाइएको इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज नवचन्द्र मल्लले जानकारी दिए ।
मृतकहरुको पोष्टमार्टम भइसकेको तर चोटपटक केही नदेखिएकाले वास्ताविक रिपोर्ट आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक नविनराज राईले जानकारी दिए ।
Comments[ 0 ]
Post a Comment