बलिउड अभिनेता आमिर खानको बहुप्रतिक्षित चलचित्र 'पीके' को ट्रेलर सार्वजनिक भएको छ । यस अघि रेडियो हातमा लिएर नग्न देखिएका आमिर खानले निक्कै विवाद र चर्चापछि पनि पुरानै नाङ्गो तस्विर सहितको पोष्टर ट्रेलरमा पनि सार्वजनिक गरेका हुन् ।

यो ट्रेलरमा आमिर खान अनौठा अनौठा परिधानमा देखिन्छन् ।
'पीके' मा आमिर खान पान खान शौखिन भोजपुरी ब्यक्तिकोरुपमा देखिएका छन् । उनी स्वछन्द र स्वतन्त्र ब्यक्तिकोरुपमा छन् जो जसलाई मन लाग्यो उसैलाई कर दिन्छ ।
अनुष्का शर्माले आमिरलाई नमूना पात्रकोरुपमा चिनाएकी छिन् ।
आमिर खानको चलचित्र १९ सेप्टेम्बरमा रिलिज हुँदैछ । यो चलचित्रमा आमिर र अनुष्का सहित सुशांत सिंह राजपूत, बोमन ईरानी, सौरभ शुक्ला र संजय दत्त समेत अभिनयमा छन् । चलचित्रको निर्देशन राजकुमार हिरानीले गरेका हुन् ।
Comments[ 0 ]
Post a Comment