काठमाडौ, आश्विन २७ - धुलीखेल-काठमाडौं चल्ने यात्रुबाहक बस काठमाडौंको बिलुजीबजारमा पल्टिदा तीन जनाको मृत्यु भएको छ । धुलीखेलबाट आएको बा१ख ८६७६ नम्बरको बस केहीबेर अघि सडकमा पल्टिएको थियो ।
.jpg)
बस पल्टिदा बा३२प २३७६, बा५६प ३५३८, बा३७प १६३९, बा६५प ३६९८ नम्बरको मोटरसाइकल थिचिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा घाइते भएकाहरुको बानेश्वरस्थित निजामति अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, काठमाडौंको पुरानो बसपार्कमा एक ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृतकको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
ना२ख ३२१७ नम्बरको ट्यांकरको ठक्करले बा५०प ७६७७ स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments[ 0 ]
Post a Comment