अमेरिकामा एक महिला चोर्नका लागि एक घरमा घुस्न खोज्दा धुवाँ फाल्ने चिमनीमा खसेपछि वेहाल भएको छ । उनलाई अग्नि नियन्त्रकहरुले उद्दार गर्नु परेको थियो ।

क्यालिफोर्नियामा भएको यो घटनामा ३० वर्षीया महिला गिनोवेवा न्यूनेज फिग्यूरोआ एक घरमा घुसेर चोर्ने तयारीमा थिइन् तर उनी चिमनीमा खसिन् ।
उनी चिमनीमा खसेपछि घरधनीले प्रहरी बोलाएर उनलाई पक्राउ गर्न खोजे पनि सकेनन् । बरु अग्नि नियन्त्रकको सहारा लिनु पर्यो ।
सञ्चार माध्यमका अनुसार चिमनीमा फसेकी गिनोवेव रुन थालेपछि छिमेकीले पुलिस बोलाएका थिए । पुलिस र अग्नि नियन्त्रक पुग्दा उनी ७ फिट तल धुवाँ आउने पाइपमा फसेकी थिइन् ।
पुलिसले उनी चिने जानेका ब्यक्तिको घरमा घुसेर चोर्ने प्रयासमा रहेको भएपनि असफल भएर उल्टै समस्यामा परेको बताएको छ । कतिपयले भने उनी त्यो घरका पुरुषसँग सम्बन्धमा रहेका कारण घुस्न खोजेको तर असफल भएको बताएका छन् ।
ती महिलालाई अहिले अस्पताल पठाइएको छ । source:nepaliheadlines
Comments[ 0 ]
Post a Comment