नेपालगन्ज : बर्दियामा एक महिलामाथि सामुहिक बलात्कारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सानोश्री गाविस नजिक बजारबाट फर्कँदै गरेकी २८ वर्षीया विवाहित महिलामाथि जागृति सामुदायिक वनमा सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ तीनजनालाई बर्दिया प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बलात्कारमा संलग्न ताराताल गाविस–५ का २० वर्षीया विजय भन्ने सुनिल सुनार, १८ वर्षीय यामबहादुर परियार र वर्षीय बलराम कोइराला पक्राउ परेका हुन् । घटनापछि फरार तीनै जनालाई उनीहरुले प्रयोग गरेको मोवाइल फोनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । फरार रहेका कोइरालालाई उनकै गाउँ तारातालबाट र अन्य दुईलाई सोरहवाबाट पक्राउ गरिएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताए ।
उनीहरुले ती महिलालाई हाटबाट घर पुर्याईदिने भन्दै साईकलमा राखेर वनमा पु¥याएपछि गत बुधबार सामुहिक बलात्कार गरेका थिए । बलात्कारीको पञ्जाबाट उम्केकी पीडित नजिकैको सशस्त्र प्रहरी बेसक्याम्पमा पुगेर घटनाबारे जानकारी गराएकी थिइन् ।
बाँकेमा पनि तीनजना पक्राउ
आठ वर्षीया बालिकालाई यौन हिंसा गरेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
एक महिनाअघि ८ वर्षीया बाालिकामाथि यौनहिंसा गरेको अभियोगमा नेपालगन्ज– १२ का ४० वर्षीय राजेश बाल्मिकीलाई प्रहरीले नियन्त्रण लिएको छ । बाल्मिकीले घर बाबुआमा नभएको मौकामा यौन हिंसा गर्दै आएको पीडित बालिकाले प्रहरीसमक्ष बयान दिएकी छन ।
त्यस्तै यौन हिंसा गरेको अभियोगमा बाँकेको सोनपुर– ७ का २१ वर्षीया ईसरार खाँलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज १४ गते खाँले सोनपुर–७ प्रतिक्षालय नजिक १३ वर्षीया बालिकामाथि यौन हिंसा गरेका थिए ।
बहिनीमाथि यौन हिंसा गर्ने पक्राउ
यसैगरी भाइटीका लगाइदिन आएकी बहिनीमाथि यौनहिंसा गर्ने मनिकापुर– ८ का ३८ वर्षीय एक दाजुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
गोर्वद्धन पूजाको दिन बहिनीमाथि यौन हिंसा गर्ने उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । पक्राउ सबैलाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी नायज उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।
|
|
Comments[ 0 ]
Post a Comment