बाहिर कतै होटेल वा रेष्टुरेन्टमा खाना खानु पर्यो भने हामी पहिले त्यहाको सरसफाइका बारेमा सचेत हुन्छौ। सफा सुग्घर खाने ठाँउ मात्र हाम्रा प्राथमिकतामा पर्दछन्।
तर साउदी अरबको एउटा होटलका बारेमा सुनेर भने तपाई जिल पर्नु हुनेछ। यो होटलमा ग्राहकलाई दिइने खाना शौचालयमा तयार पारिन्छ।

पकाइ सकेको तरकारीलाई पनि शौचालय नजिको गन्हाउने कोठामा राखिन्छ ।
यो कुरा तब थाहा भयो जब एक मानिस खाना लिन होटेल पुगे । ती व्यक्तिले होटेलको हविगत देखेपछी त्यहाँ भिडियो खिचेर युट्युबमा अपलोड गरेका थिए ।एक साउदी अरबको सञ्चारमाध्यमले यस्तो समाचार सार्वजनिक गरेको हो।
Comments[ 0 ]
Post a Comment