टोकियो । यहीसाता जापान आउन लागेका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले जापानको विमानस्थलमा नै कालोझण्डाको सामना गर्नुपर्ने भएको छ ।
एमाले नेता समेत रहेका मन्त्री पाण्डे जापान आउँदा गत साउनमा प्रहरीको गोली लागेर मारिएका ‘डन’ दिनेश अधिकारी ‘चरी’ का दाजु केशव अधिकारीले एमाले धादिङ क्षेत्र नं. १ का पूर्व उपाध्यक्ष समेत रहेका चरीको हत्याको निष्पक्ष छानविन नभएको भन्दै भ्रमणको कडा विरोध गर्ने जनाएका छन् ।
उनले अधिकारीको गैरन्यायिक हत्या गरेर राज्यले दबाउन खोजेको आरोप लगाउँदै जापानमा कुनै पनि कार्यक्रम गर्न नदिने भन्दै तत्काल छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।
अधिकारीले हत्याको विरोधमा विमानस्थलमा नै कालोझण्डा देखाएर विरोध गर्ने र कुनैपनि कार्यक्रम मन्त्रीको उपस्थितमा हुन नदिने यल्लेख गर्दै जबरजस्ती गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
यता परराष्ट्रमन्त्री पाण्डेको भ्रमणलाई लक्षित गर्दै एमाले निकट प्रवासी संगठन नेपाली मञ्चले मन्त्री पाण्डेसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
Comments[ 0 ]
Post a Comment