१५ कात्तिक, काठमाडौं । मकवानपुरको बासमाडीमा भएको यात्रुबाहक रात्रीबस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

दुर्घटनामा परी इलाम बरबोटे ४ का प्रवीनराज आचार्य, इलाम पीपलबोटेका रोसन भट्टराई, इनपा २ की सुजता काफ्ले, इलाम नाम्सालिङका मिलन अधिकारी, इनपा ३ रक्षा श्रेष्ठ, इनपा ४ इसा कार्की, इलामका प्रिजेज दाहाल, इटहरीकी शान्ति लुइटेल, थर खुल्न नसकेकी अास्था र रसियन नागरिक २६ वर्षकी दरिया मल्चापोभा रहेको घटनास्थलमा पुगेका पत्रकार बालकृष्ण दाहालले अनलाइनखबरलाई जानकारी दिए ।

दुर्घटनामा परी ३० जना घाइते भएका छन् । उनीहरुको मकवानपुरमा सामान्य उपचार पछि चितवन पठाइएको छ । केही गम्भीर घाइेतहरुको काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
इलामबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको बस र काठमाडौंबाट बिराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको बस राति २ बजेको समयमा ठोक्किएका थिए ।
Comments[ 0 ]
Post a Comment