काठमाडौं । एकताका यस्तो समय थियो जतिबेला फोटो खिचाउदा सिरानमा लेखिएको हुन्थ्यो तिम्रो सम्झनामा मेरो तस्विर कहिल्यै निदाएन । हुन पनि मानिस सदा सदाका लागि निदाउँछ तर तस्विर कहिल्यै निदाउदैन र त्यहि तस्विरले बनाईदिन्छ यादहरुलाई ताजा ।

अनि त्यहि तस्विरले बुझाई दिन्छ र भुलाई दिन्छ मन । अहिले तस्विरहरुकै माध्यमबाट नायिका स्वेता खड्काले मन बुझाउने र भुलाउने प्रयत्न गर्दैछिन् भन्ने अनुमान लगाउन सकिन्छ उनको फेसबुक वाल हेर्दा ।
नेपाली चलचित्रका सदाबहार नायक तथा आफ्ना पति श्रीकृष्ण श्रेष्ठको निधन पछि गहिरो शोकमा परेकी स्वेताले फेसबुकमा तस्विरमात्र होईन श्रीको सम्झनामा मनका बहहरु पनि पोख्ने गर्छिन् । पछिल्लो समयमा उनले श्री जन्मेको घरको तस्विर आफ्नो फेसबुक बालमा पोष्ट गरेकी छन ।
जुन श्रीको जन्म भएको घर अनि उनले बाल्यकाल विताएको आँगन हो ।
तस्विर र भावनामा श्रीको सम्झना खोजीरहेकी स्वेताले लेख्छिन
भुमरीमा रुमलिएको थिए आफ्नो मान्छे कहाँ भेटिएला भनेर ।
कोहिनुर बनेर आयौ उपकार गर्यौ जिन्दगीमा
आफन्तमा सुनचादी त के
कोहिनुर भन्दा माथि थियौ
तर के थाहा जाले रुमाल
आसु पुछ्ने सहारा बनाई जान्छौं भन्ने
ए मेरो हजुर
दुइ दिनको पाहुना बनेर
यो मायाले लौन सतायो
बाचेकी छु केवल
उसको सम्झनामा
एउटा सपना थियो,एउटा लक्ष्य थियो संगसगै जीवन यात्रा गर्ने बाचा थियो । पवित्र प्रेम थियो । असल जोडी थियो तर पापीकालले आँखा लगायो अल्पायुमै श्रीलाई लग्यो ।
नेपाली दर्शक रोए, स्वेतालाई सम्हालिन गाह्रो भयो । समय आफ्नै गतिमा दौडिरहेको छ । मानिसले जस्तो परे पनि सहनु पर्दोरहेछ र सहनु पनि पर्छ ।
शोकलाई शक्तिमा बदलेर अघि बढुन भन्ने चाहन्छन श्री र स्वेताका शुभेच्छुकहरु । विर्सन गाह्रो छ तर सम्झना जीवित छ । श्रीको भौतिक शरिर छैन तर उनी यहि छन, चलचित्र क्षेत्रमा उनले दिएको योगदानले श्रीलाई सदै जीवित राखिरहने छ । उनि नेपाली दर्शकको मनमा छन भन्ने कुरा कोहिनुरको ऐतिहासिक सफलताले प्रमाणित गर्छ ।
त्यसैले अब स्वेता शोकलाई शक्तिमा बदलेर अघि बढ्नु पर्छ । असल शिल स्वभाव र नम्र बोलीकी धनि स्वेतालाई लाखौँ दर्शकको साथ छ । श्रीको अभावमा तड्पेर होईन स्वेता साहासि बनेर श्रीको बाँकी सपना पुरा गर्न तर्फ लागे श्रीको आत्माले शान्ति पाउने छ, दर्शकहरु यस्तै सन्देश स्वेतालाई दिईरहेका छन ।
जव जव फेसबुकमा स्वेताको भावना र तस्विर पोखिन्छन उनका शुभचिन्तकहरु हौसला प्रदान गर्छन । तस्विर दुख सुखको साथि हो । मन रोएको बेला हसाँउछ कहिले हाँस्दा हाँस्दै रुवाउछ । तस्विर एक माध्यम पनि हो जसले एक्लो संसारबाट बाहिरी दुनियाँमा लैजान्छ र आँसु पुछेर अघि बढ्ने साहस दिन्छ । स्वेता पनि अघि बढुन यसैगरि ।
source:hamrovhaka
|
|
Comments[ 0 ]
Post a Comment