२ कात्तिक, सुनसरी । सुनसरीको धरान १३ स्थित चौतारी रेष्टुरेन्ट एण्ड वार भित्रबाट तास खेलिरहेको अवस्थामा नौं जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संघीय समाजवादी पार्टी नेपालका केन्दि्रय सदयस्य भिम राइ सहित ९ जना रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरीको टोलीले तासको खालबाट तीन बुङ ताससहित ६२ हजार नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
स्थानीयले दिएको सूचना तथा विशेष सुराकीको आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले बताए ।
पक्राउ पर्ने अन्यमा सुनसरी धरान १५ का तुलाराम राई , मानभगत राई , इन्द्र राई , नयन राई , पदम गुरुङ्ग धरान १६ का नारायण राई मानध्वज राई , धरान ११ का देवान किराती र धरान १८ का संघिय समाजवादी पार्टी नेपालका केन्दि्रय नेता भिम राइ रहेको प्रहरीले जनाएको छ ।
चाडवाडको बेला प्रतिवन्ध लगाइएको जुवाजन्य खेलहरु खेलेको अभियोगमा समातिएका सबैजनलाई जुवा ऐन अन्र्तगत मुद्धा दर्ता गरिने इलाका प्रहरी कार्यालय धरानका डिएसपी थापाले बताए ।
तेज बन विश्वासीबाट
Comments[ 0 ]
Post a Comment