काठमाडौ, कार्तिक १ - पढाइ बीचमै छोडेर काम सुरु गरेकी ३० वर्षीया एलिजावेथ होल्म अमेरिकाकी कान्छी अर्बपति हुन् । स्वास्थ्य सेवामा पैसा कमाउने सम्भावना देखेपछि १९ वर्षमै उनले कलेज छाडेर काम सुरु गरिन् । उनलाई कम्पनी स्थापना गर्न पैसा जम्मा गर्नु थियो । त्यति बेलैदेखि उनले रगत परीक्षणको सहज प्रणालीबारे प्रविधि विकासका लागि काम थालेकी हुन् । अहिले उनी अर्बपतिको सूचीमा छन् । 'सबैसँग नयाँ र राम्रा आइडिया हुन्छन्,' उनी भन्छिन्, 'मैले आफूसँग भएको आइडियालाई अलि छिट्टै प्रयोग गरें ।' उनले आफ्नो कम्पनी 'थेरानोज' लाई अत्याधुनिक र अझै उचाइमा पुर्याउने सोच राखेकी छन् ।

उनी एक थोपा रगतद्वारा ७० ल्याब परीक्षणको काम परम्परागत परीक्षणका लागि लाग्ने समयभन्दा छिटो गर्न सक्ने प्रणाली बनाउन चाहन्छिन् । कम्पनीमा उनको ५० प्रतिशत हिस्सा छ । स्वास्थ्यसम्बन्धी समस्यालाई संगीत र अन्य माध्यमबाट हटाउन उनले थेरानोज वेलनेस सेन्टर पनि खडा गरेकी छन् ।
सन् १९८४ मा वासिङटन डीसीमा जन्मिएकी एलिजावेथले आफ्नो 'टिन एज' चीनमा बिताएकी हुन् । १९ वर्षको उमेर उनले रियल टाइम क्योर नामक कम्पनी खोलेकी थिइन् । जसलाई पछि थेरानोजमा परिवर्तन गरिएको हो । जो बिस्तारै बढदै गयो । अमेरिकाको कुनै पनि स्टेटमा उनको कम्पनी सञ्चालन
गर्न पाउने अनुमति सरकारले दियो ।
अहिले उनको कम्पनीले ५ सयभन्दा बढीलाई रोजगारी दिएको छ । कम्पनीको मूल्य अहिले ९ अर्ब डलरभन्दा बढी छ । सन् २०१४ सम्म उनको नाममा १८ वटा अमेरिकी र ६६ अमेरिका भन्दा बाहिरका पेटेन्ट रहेका छन् ।
फोब्र्सका अनुसार उनको आफ्नो कुल सम्पत्ति ४ अर्ब ५० करोड डलर रहेको छ । उनी फोब्र्सको ४ सय धनीको सूचीमा १ सय १० औं स्थानमा छिन् । स्यान्टफोर्ड युनिभर्सिटीमा केमिकल इन्जिनियरिङकी विद्यार्थी रहेकी एलिजावेथले सुरु गरेको कम्पनीको सफलताकै कारण उनी सन् २००६ मै 'थर्टी अन्डर थर्टी' को सूचीमा परेकी थिइन् । त्यस्तै सेभेन इन्टु सेभेन वेबसाइटले उनलाई 'हट २०' मा राखेको छ
|
|
Comments[ 0 ]
Post a Comment