बिहारको मुजफ्फरपुर जिल्लामा बिहिबार सम्बन्धमाथि प्रश्न उठ्ने घटना घटित भएको छ । एक बुवाले आफ्नै विवाहित छोरीसँग दुष्कर्मको कोसिसमा असफल भएपछि धारिलो हतियारले छोरीको हत्या गरेका छन् ।
आफ्नी छोरीलाई टुक्रा–टुक्रा गर्ने पितालाई पुलिसले पक्राउ गरेको छ । पुलिसका अनुसार मीनापुर थाना क्षेत्रको मुस्तफागंज निवासी रतु प्रसादको घरमा उनकी ठूली छोरी रजनी कुमारी(२०) आफ्नो श्रीमान रंजीत कुमारसँग आएकी थिइन् । यहि क्रममा बिहिबार बिहान रतु आफ्ना ज्वाईंको अगाडि नै रजनीसँग जिस्कन सुरु गरेका थिए ।जब रंजीतले यसको बिरोध गरे तब त्यहाँ राखिएको धारिलो हतियार उनीमाथि प्रहार गरे तर उनी केहि गरेर त्यहाँबाट भाग्न सफल भए । छोरीले पनि त्यहाँबाट भाग्ने कोसिस गरेकी थिइन् तर उनी सफल हुन सकिनन् । त्यसपछि रतुले रजनीमाथि धारिलो हतियारले थुप्रै पटक प्रहार गरे । रजनीको मृत्यु घटनास्थलमा नै भएको थियो ।रतुले आफ्नी छोरीको लासलाई थुप्रै टुक्राहरु बनाएर एक बोरामा लुकाएर राखेका थिए । उता ज्वाईंले भागेर छिमेकीहरुलाई यो घटनाको जानकारी दिएका थिए । छिमेकीहरुले यसको बारेमा पुलिसलाई जानकारी दिए । जसलाई आधार बनाएर पुलिसले रतुलाई पक्राउ गर्न सफल भए । रतुले आफ्नो अपराध स्विकार गरिसकेका छन् ।रंजीतले पनि आफ्नो बयानमा यसको पुष्टि गरेका छन् । रतुको श्रीमतीको मृत्यु सात वर्ष पहिले भएको थियो । छिमेकीहरुका अनुसार रतु सन्की किसिमका व्यक्ति हुन् ।
योभन्दा पहिले पनि उनले आफ्ना छिमेकीलाई धारिलो हतियारले हमला गरेका थिए जसका कारण उनले जेलको सजायँ पनि भोग्नु परेको थियो । रतु आफ्नी कान्छी छोरीसँग बस्दै आएका थिए । (एजेन्सी) RatoPati.com
Comments[ 0 ]
Post a Comment