|
|
भारतीय उपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको भनिएको निलोफर नामक समुद्री तुफानका बारेमा सर्बसाधारणलाई सचेत गराउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
tufan
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो साँझ एक विज्ञप्ति जारी गर्दै निलोफर तुफानप्रति सरकारको गम्भीर ध्यानआर्षण भएको समेत जनाएको छ । बिज्ञप्तिमा भनिएको छ “हुदहुद नामक समुद्री तुफानको प्रभावको कारण केही समय अघि अनपेक्षित हिमपातबाट मनाङ, मुस्ताङ, पर्वत लगायतका जिल्लाहरुमा ठुलो संख्यामा पर्यटक पथप्रदर्शक तथा सर्वसाधरणको ज्यान गएको र हराई रहेको तितो यथार्थको गहिरो घाउ पुरिन नपाउदै पुन त्यस्तै विनाशकारी निलोफर नामक समुद्री तुफान भारतीयउपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको सूचना प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गम्भीर बनेको छ ।”
प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले बिज्ञप्तिमार्फत सो तुफानबाट असर पर्न सक्ने सम्भावित ठाउ“हरु मध्ये अत्यधिकवर्षा हुन सक्ने हिमपात हुन सक्ने एवं हुरी बतास र आँधी आउन सक्ने स्थानहरुको पहिचान गरी जानकारी गराउन भनेको छ ।
आवश्यक सुचनाहरु सञ्चारमाध्यममा जानकारी गराउन सरकारले आग्रह गरेको छ ।
यस्तो छ बिज्ञप्ति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको
प्रेस विज्ञप्ति
“हुदहुद” नामक समुद्री तुफानको प्रभावको कारण केही समय अघि अनपेक्षित हिमपातबाट मनाङ‚ मुस्ताङ‚ पर्वत लगायतका जिल्लाहरुमाठुलोसंख्यामा पर्यटक‚पथप्रदर्शक तथा सर्वसाधरणको ज्यान गएको र हराई रहेको तितो यथार्थको गहिरो घाउ पुरिन नपाउदै पुन:त्यस्तै विनाशकारी “निलोफर” नामक समुद्री तुफान भारतीयउपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको सूचना प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गम्भिर रहेको कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले बताउनुभएको छ । यसै क्रममा उहाँले जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसँग यस बिषयमा छलफल गरी “निलोफर” नामको समुद्री तुफानबाट नेपालमा पर्न सक्ने सम्भावित असरका सम्बन्धमा निम्नानुसार गर्न निर्देशन दिनु भएको छ ।
(क) सो तुफानबाट असर पर्न सक्ने सम्भावित ठाउँहरु मध्ये अत्यधिकबर्षा हुन सक्ने‚ हिमपात हुन सक्ने एवं हुरी बतास र आँधी आउन सक्ने स्थानहरुको पहिचान गरी सम्भावित जोखिम अवधि तथा स्थानको बारेमा अद्यावधिक हुने र उपरोक्त सूचना गृह मन्त्रालय‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयएवं पर्यटन सूचना केन्द्रहरु‚ सम्भावित क्षेत्रका स्थानीय प्रशासन एवं पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुलाई उपलब्ध गराउने र रेडियो‚ टेलिभिजन एवं छापा सञ्चार माध्यम मार्फत समेत सर्वसाधणलाई जानकारी गराउने‚
(ख) यस्तो सम्भावित जोखिमको सूचना मौसम भविश्यवाणीको आधारमा दैनिक रुपमा अद्यावधि गराई नियमित रुपमाजानकारी गराउने
‚
(ग)
सम्भावित जोखिमका दिनहरुमा ती क्षेत्रहरुमा पथप्रदर्शक‚ पर्यटक तथा सर्वसाधारणलाई आवतजावत नगर्न पर्यटनसँग सम्बन्धित संघसंस्था र स्थानीय प्रशासन मार्फत अनुरोध गर्ने‚
(घ) प्राविधिक रुपमा लामो अवधिको मौसमको भविश्यवाणी गर्न कठिनाई भएमा मौसम भविश्यवाणी सम्बन्धी अन्तराष्ट्रियसंघ/संस्था एवं छिमेकी मित्र राष्ट्रहरुसँग समेत सूचना आदान प्रदान गरी सम्भावित जोखिमबाट जोगिन सजग बनाउने ।
मिति : २०७१ कार्तिक ११ गतेमंगलबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार ।
source:nepaliheadlines
Comments[ 0 ]
Post a Comment