बिहेगर्न आतुर छन् संसारको सबै भन्दा बढी ओजनकी महिला
Monday, October 6, 2014
संसारकैसबैभन्दा मोटी महिला बिहेको सपना देख्न थालेकी छिन् । केही महिनाअघिब्वाइफ्रेन्ड फेला पारेकी उनले पिरतीलाई बिहेमा बदल्न चाहेकी हुन् ।
ती महिला हुन्, ३८ वर्षीया च्यारिटीपियर्स । अमेरिकानिवासी उनको शरीरको वजन साढे तीन सय केजी छ । उमेर ढल्कँदैगए पनि २२ वर्षीय टोनी साउर उनीसँग प्रेममा परेका छन् ।टेलिभिजन रियालिटी शोमा देखिन पाए बिहेगर्ने आफ्नो सपना पूरा होला जस्तो उनलाई लाग्छ । ‘रियालिटी शोमा देखिन पाएपैसा कमाउने थिएँ । त्यो पैसाबाट अपरेसन गरेपछि मेरो वजन घट्ने थियो र बिहेगर्ने ढोका खुल्ने थियो,’ उनी भन्छिन्, ‘बिहे गर्ने ठूलो धोको छ । घरमाभन्दा पनि चर्चमा बिहे गर्ने रहर छ ।’शरीरको वजन बढी भएकाले उनलाई अहिलेहिँड्डुल गर्न पनि गाह्रो छ । लिम्फेडेमा नामक रोगबाट ग्रस्त भएकीले उनीमोटाएकी हुन् । यस्तो रोग लाग्ने व्यक्तिको वजन असाधारण रूपमा बढ्ने गर्छ ।
Tags:
Health
Comments[ 0 ]
Post a Comment