काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारी कार्यलयबाट करिब छ वर्षअघि लिएको क्यामेरालगायतका विद्युतीय सामग्री अब फिर्ता गर्ने भएका छन्।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भवन निर्माण सम्भार डिभिजन कार्यलयबाट लिएको करिब सबा लाख मूल्यको क्यामरालगायतका सामग्री फिर्ता नहुँदा दाहालको नामको जिन्सी बेरुजू देखाइएको छ।
दाहालको नाममा जिन्सी खातामा देखाइएको बक्यौताबारे अन्नपूर्ण पोष्टमा बुधबार समाचार प्रकाशित भएपछि दाहालले यसलाई छिटो फस्र्योट गर्न परिवारलाई भनेका छन् ।
दाहाल निकट स्रोतले भन्यो, 'यसमा ध्यान नपुगेको मात्र हो। नियतबश गरिएको होइन। सरकारी चलनचल्तीअनुसार सम्बन्धित सरकारी कार्यलयबाट क्यामरा लगिएको हो।'
सम्बन्धित कार्यलयबाट पनि समयमा फलोअप नहुँदा बुझाउने प्रक्रिया अघि बढ्न नसकेको पारिवारिक स्रोतले बतायो। ती सबै समान तत्काल फिर्ता गरिने जानकारी प्रचण्ड पुत्र प्रकाश दाहालले दिए।
Comments[ 0 ]
Post a Comment