काठमाडौं, कार्तिक ४ । दोलखाको खारेखोला जलविद्युत आयोजना निर्माणका लागि १० वाणिज्य बैैंकले सामूहिक लगानी गर्ने भएका छन् । आयोजना प्रवद्र्धक कन्सोर्टियम पावर डेभलपर्ससँग १० वाणिज्य बैंकले २४ दशमलव १ मेगावाट क्षमताको आयोजनामा ऋण लगानी सम्झौता गरेका हुन् ।

३ अर्ब ९२ करोड रुपैयाँको लागतमा निर्माण हुने आयोजनाको ७५ प्रतिशत लगानी बैंकले गर्ने कन्सोर्टियम पावर डेभलपर्सका अध्यक्ष लालकृष्ण केसीले बताए ।आयोजना सन् २०१७ भित्रमा सम्पन्न हुने बताइएको छ ।
Comments[ 0 ]
Post a Comment