अमेरिकाको मेइनमा हालै श्रीमती बोक्ने प्रतियोगिता सम्पन्न भयो । १५ वर्षदेखि लगातार हुँदै आएको नर्थ अमेरिकन वाइफ क्यारिङ च्याम्पियनसीपमा यो पटक साहसी पुरुषहरुले आफ्ना श्रीमतीलाई काँधमा बोकेर हिलो तथा अप्ठेरो बाटोमा कुँदेको दृश्य निकै अनौठो थियो ।

२७८ यार्डको त्यो दौडस्थलको बाटो निकै घुमाउरो र अप्ठेरो बनाइएको थियो जहाँ घुडासम्म आउने हिलो र पानी समेत थियो ।
इो प्रतियोगिताको नाम श्रीमती बोकने प्रतियोगिता भएपनि भाग लिने सबै जोडीहरु विवाहित थिएनन् ।
जेस वाल नामका जिमखाना संचालक श्रीमती बोक्ने प्रतियोगितामा प्रथम भए । उनले आफ्नी गर्लफ्रेण्ड क्रिस्टिना आर्सेनल्टलाई बोकेर सबैभन्दा पहिले दौड सम्पन्न गरे ।
यस बापत उनले पाएकेा पुरस्कार अनौठो छ । उनले क्रिस्टिनाको तौल बराबरको वियरका साथै तौलको पाँच गुणा नगद पुरस्कार पाए ।
उक्त प्रतियोगिताबाट फिनल्याण्डमा हुने विश्व श्रीमती बोक्ने प्रतियोगिताका लागि खेलाडि समेत छनोट गरियो ।
Comments[ 0 ]
Post a Comment