बलिउडमा बहुप्रतिक्षित सलमान खानकी बहिनी अर्पिता खानको विवाह सम्पन्न भएको छ ।

अर्पिताको उनका प्रेमी आयुष शर्मासँग विवाह भएको हो । सलमानकी बहिनीको विवाहका लागि हैदरावादको पलकनुनमा होटलमा बलिउडका सेलिब्रेटीहरुको भिड थियो । सलमान खान र उनका पिता सलीम खानले अर्पिताको कन्यादान गरे । सलमान खानसँगै करन जौहर, कबीर खान लगायतका प्रतिष्ठित सेलिब्रेटी पनि उपस्थित थिए । त्यसैगरी सलमानकी पूर्व प्रेमिका क्याट्रिना कैफ, आमिर खान उनकी पत्नि किरण राव, प्रियंका चोपडा लगायतका सेलिब्रेटीहरु पनि विवाह समारोहमा उपस्थित थिए । २५ करोड ६० लाखको फ्ल्याट दाइजो सलमान खानले मुम्बइमा रहेको ३ बेडरुम सहितको एक महंगो फ्ल्याट बहिनीलाई उपहार दिएका छन् । विवाहमा दाइजोस्वरुप सलमानले २५ करोड ६० लाख पर्ने फ्ल्याट दाइजो दिएका हुन् । source online khabar
Comments[ 0 ]
Post a Comment