इलाम- ‘शत्रुले पनि यस्तो भोग्न नपरोस्’ मकवानपुर बस दुर्घटनामा सन्तान गुमाएका इलामेली अभिभावक हिजोदेखि भन्दैछन्, ‘पढ्न पढाएका छोराछोरी दुर्घटनाले रगतपच्छे हुँदै मरेको देख्नुपर्यो।’ इलामबाट राजधानी जाँदै गरेको ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्स मकवानपुर बसामाडीमा विपरीत दिशाबाट आइरहेको शुभश्री डिलक्ससँग जुद्धा १० को मृत्युको भएको थियो।

हिजो बिहान सवा २ को उक्त घटनामा ज्यान गुमाउनेमध्ये इलामका आठ थिए। इलाम नगरपालिकाकै पाँच जनाको मृत्यु भएपछि हिजोबाटै बजारवासी शोकमा छन्। आठमध्ये छ जना क्षमतायुक्त विद्यार्थी हुन्, जो जिल्लाबाट एसएलसी उत्तीर्ण गरी राजधानीका कलेज पढ्दैथिए। दसैं–तिहारमा घर आएका उनीहरु छुट्टी सकिएपछि अध्ययननिम्ति फर्किंदा दुर्घटना भएको थियो।
मृत्यु भएकामध्ये इनपा–८, पिपलबोटेका रोशन भट्टराई, इनपा–६, तिल्केनीका प्रिजज दाहाल र नामसालिङका मिलन अधिकारीको स्थानीय माइखोलामा अन्त्येष्टि भइरहेको छ। मृतकका घरमा बिहानैदेखि शुभचिन्तक र आफन्तको घुइँचो छ। खोलामा तीनटा शव जल्दा धेरै स्तव्ध छन्। इनपा–४, गोलाखर्ककी इशा कार्की र बरबोटे धारापानीका प्रवीण आचार्यको शव घर ल्याइँदैछ।
‘जन्मेपछि मान्छे मर्नु अनौठो होइन’ पिपलबोटेमा धेरैका मुखबाट उस्तै आशयको थकथकी सुनिन्थ्यो, ‘तर, एकैपल्ट यसरी धेरैजनाको दुःखद मृत्यु हुनु जीवनभर नबिर्सने पीडा हो।’ इनपा–२, सिलिखानकी रक्षा श्रेष्ठ र भानुरत्नल टोलकी सुजाता काफ्ले तथा बरबोटेकै आश्था तोलाङ्गीको पनि मृत्यु भएको थियो। श्रेष्ठ, काफ्ले र तोलाङ्गीको शव इलाम नल्याई उतै अन्त्येष्टि गरिँदैछ।

नगरपालिकाकै पाँच जनाको मृत्यु भएपछि हिजोबाटै बजारवासी शोकमा छन्। आठमध्ये छ जना क्षमतायुक्त विद्यार्थी हुन्, जो जिल्लाबाट एसएलसी उत्तीर्ण गरी राजधानीका कलेज पढ्दैथिए। दसैं–तिहारमा घर आएका उनीहरु छुट्टी सकिएपछि अध्ययननिम्ति फर्किंदा दुर्घटना भएको थियो।
मृत्यु भएकामध्ये इनपा–८, पिपलबोटेका रोशन भट्टराई, इनपा–६, तिल्केनीका प्रिजज दाहाल र नामसालिङका मिलन अधिकारीको स्थानीय माइखोलामा अन्त्येष्टि भइरहेको छ। मृतकका घरमा बिहानैदेखि शुभचिन्तक र आफन्तको घुइँचो छ। खोलामा तीनटा शव जल्दा धेरै स्तव्ध छन्। इनपा–४, गोलाखर्ककी इशा कार्की र बरबोटे धारापानीका प्रवीण आचार्यको शव घर ल्याइँदैछ।
‘जन्मेपछि मान्छे मर्नु अनौठो होइन’ पिपलबोटेमा धेरैका मुखबाट उस्तै आशयको थकथकी सुनिन्थ्यो, ‘तर, एकैपल्ट यसरी धेरैजनाको दुःखद मृत्यु हुनु जीवनभर नबिर्सने पीडा हो।’ इनपा–२, सिलिखानकी रक्षा श्रेष्ठ र भानुरत्नल टोलकी सुजाता काफ्ले तथा बरबोटेकै आश्था तोलाङ्गीको पनि मृत्यु भएको थियो। श्रेष्ठ, काफ्ले र तोलाङ्गीको शव इलाम नल्याई उतै अन्त्येष्टि गरिँदैछ।

मकवानपुर बस दुर्घटनामा मृत्यु भएका इलाम नपा–६, तिल्केनीका प्रिजज दाहालको शव हेर्दै गाउँले। दुर्घटनाको भोलिपल्ट आइतवार शव आइपुग्दा गाउँमा रुवावासी मच्चिएको थियो। दुर्घटनामा ज्यान गुमाएका १० मध्ये आठ इलामका छन्। त्यसमध्ये पाँच जनाको शव इलाममै अन्त्येष्टि गरिँदैछ।

पिपलबोटेका रोशन भट्टराईको मृत्यु भएपछि घरमा शोकाकुल आफन्त। भट्टराईको स्थानीय माइखोलामा अन्त्येष्टि हुँदैछ।
Comments[ 0 ]
Post a Comment