तपाईंलाई आफू कुन दिन मर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउन मन छ ?

यदि छ भने हामी जुन एपको कुरा गर्दैछौँ त्यो तपाईंलाई काम लाग्नसक्छ ।
अहिले डेडलाइन नामक एउटा नयाँ एप आएको छ जसले तपाईंको आइफोनको हेल्थकिट टुलको विश्लेषण गरेर तपाईं कति दिन बाँच्दै हुनुहुन्छ भन्ने भविष्यवाणी गरिदिनेछ ।
आइफोनको हेल्थकिट टुलले तपाईंको उचाई, डायस्टोलिक रक्तचाप, तपाईंको निन्द्रा र पूरै दिनको गतिविधिको रेकर्ड राख्ने गर्दछ
।
जानकारीका अनुसार डेडलाइन एप यस्तो एप हो जसले रेकर्ड गरिएको डाटा उपयोग गरेर तपाईंको जीवनशैलीसँग सम्बन्धित केहि प्रश्नको आधारमा तपाईंको मृत्युको दिन र समय निर्धारण गर्ने गर्दछ ।
एपका निर्माता गिस्ट एलएलसीले एप्पल आइट्युन्स पेजमा लेखेका छन्, ‘कुनै पनि एपले तपाईंको मृत्युको दिन र समयको सटिक जानकारी दिन सक्दैन ।
यो एप तपाईंको जीवशैली र स्वास्थ्यमाथि मध्यनजर गर्दै तपाईंलाई राम्रो जीवनशैली र स्वास्थ्य सुधारको लागि प्रेरित गर्ने गर्दछ र आवश्यक भएको खण्डमा चिकित्सकलाई भेट्ने सल्लाह पनि दिने गर्दछ ।’
Comments[ 0 ]
Post a Comment