लन्डन,
सामान्यतया इन्टरनेटमा अश्लील सामग्रीको मात्राबारे बढाइचढाइँ गरेर आँकडा प्रस्तुत गर्ने गरिन्छ । सेक्सबारे बालबालिका र किशोरकिशोरीको बुझाइ र उनीहरूमाथि पोर्नोग्राफीको असरबारे भर्खरै बेलायतका नेता, पण्डित र मिडियामा गरम बहस छेडिएको छ । बहसमा फरक–फरक आँकडा प्रस्तुत गरिएको छ । तर, वास्तविकताको कसीमा मात्र केही आँकडा खरो रूपमा उत्रिएका छन् ।

इन्टरनेट फिल्टरिङ कम्पनी अप्टेनेटको आँकडाअनुसार इन्टरनेटमा रहेका कुल सामग्रीमध्ये ३७ प्रतिशत अश्लील सामग्री छन् । वेबपेजमा आधारित यो आँकलन सन् २०१० मा आयोजित एक प्रेस विज्ञप्तिमा जारी गरिएको थियो ।
तर, अन्य शोधकर्ताले १० लाख लोकप्रिय साइटको अध्ययन गरेकोमा करिब ४ प्रतिशत साइट मात्र पोर्नसँग सम्बन्धित भएको उल्लेख छ । यो अध्ययनअनुसार पोर्न साइटको आर्काइभ निकै ठूलो छ तर यसको तुलनामा पेजको संख्या निकै कम छ ।
सफ्टवेयर, हार्डवेयर र ग्याजेट्सँग सम्बन्धित सामग्रीको वेबसाइट एक्स्ट्रिम टेकमा छापिएको एक लेखअनुसार इन्टरनेटमा भएका कुल साइटमध्ये ३० प्रतिशत पोर्न साइट छन् । त्यसैगरी, प्लेब्वाई साइटको प्रबन्ध कम्पनी म्यानविनका अनुसार ती साइटमा हरेक दिन ७ करोड भिजिटर हुने गर्छन् ।
सन् २०१० मा अश्लील सामग्रीबारे छापिएको विस्तृत पुस्तक वन बिलियन विकेड थट्सका सहलेखक डाक्टर ओगिओगास इन्टरनेटमा दाबी गरेभन्दा निकै कम पोर्न रहेको बताउँछन् ।‘१४ प्रतिशत सर्च र ४ प्रतिशत वेबसाइट यौनसँग सम्बन्धित छन् तर यो निकै ठूलो संख्या हो,’ उनी भन्छन्
sourse:annapurnapost
Comments[ 0 ]
Post a Comment