वैज्ञानिकहरुले लामो अनुसन्धानपछि एउटा रोचक र खतरनाक तथ्य सार्वजनिक गरेका छन्।

उनीहरुको खोजअनुसार चुम्बन गर्दा प्रत्येक १० सेकेन्डमार करिब ८ करोड जिवाणु चुम्बन गर्नेको मुखभित्र पस्छन्।
२१ जोडीको चुम्बनलाई अनुसन्धान गरेपछि वैज्ञानिकहरुले भनेका छन्, 'जो मान्छे दिनभरिमा ९ पटकसम्म एक अर्कालाई चुम्बन गर्छ उसमामा जीवाणु सर्ने सम्भावना अधिक रहन्छ।'
अध्ययनका अनुसार मान्छेको मुखमा हरेक क्षण कम्तिमा ७ प्रकारका जिवाणु करोडौंको संख्यामा भइरहेका हुन्छन्। चुम्बनको समयमा यीमध्ये केही निकै छिटो अर्काको मुखमा प्रवेश गर्ने क्षमता राख्छन्। डच वैज्ञानिकको यो अध्ययन सम्बन्धी रिपोर्ट माइक्रोबिओम जर्नलमा हालै प्रकाशित भएको हो।
नेदरल्यान्ड अर्गनाइजेशन फर एप्लाइड साइन्टिफिक रिसर्च (टिएनओ) को अनुसन्धान कार्यदलले जोडीलाई किसिङ बानीलाई लिएर प्रश्नावली भराएको थियो। यी मध्ये एउटा प्रश्न यस्तो थियो,'गत वर्ष तपाइँहरुले कतिपटक एकअर्कालाई चुम्बन गर्नुभयो र पछिल्लो पटक लक्टलिप किस कतिबेला गर्नुभयो?'
डच वैज्ञानिकहरुका अनुसार फ्रेन्च किसिङ शैलीबाट सबैभन्दा तीव्र गतिमा जिवाणु एक अर्काको मुखमा प्रवेश गर्न सक्छन्। अध्ययनमा संलग्न प्रोफेसर रेमको कोर्टले भने, 'फ्रेन्च किसिङबाट सबैभन्दा बढी तेजसँग जिवाणु सर्ने देखिन्छ।'
यस्तो अध्ययनले जिवाणुजन्य समस्याको खोजीमा फाइदा पुग्ने वैज्ञानिहरुको विश्वास छ।source nagarik khabar
|
|
Comments[ 0 ]
Post a Comment