काठमाडौँ, १६ पुस, कृषिमन्त्री हरिप्रसाद पराजुलीको दबाबमा दूधमा प्रतिलिटर ८ देखि १० रुपैयाँ मूल्यवृद्धि गरिएको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले मन्त्री पराजुलीकै दबाबमा सर्वसाधारणलाई निकै ठूलो मार पर्ने गरी दूधमा मूल्यवृद्धि गरिेको हो ।

दूधको मूल्यवृद्धिसँगै उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । एकैचोटी दूधमा यतिको मूल्य बढेको यो पहिलो पटक हो । यसअघि दुईदेखि चार रुपैयाँसम्म मूल्यवृद्धि गरिँदै आएको थियो । मन्त्री पराजुलीले विगत ६ महिनादेखि दूधको मूल्य बढाउन संस्थानका पदाधिकारीलाई दबाब दिँदै आएका थिए ।
मूल्य बढाउन नमानेकै कारण मन्त्री पराजुलीले संस्थानका तत्कालीन महाप्रबन्धक रामतपेश्वर चौधरीलाई कानुनविपरीत हटाएर मन्त्रालयमा हाजिर गराएका थिए । नयाँ महाप्रबन्धक आउनासाथ मन्त्री पराजुलीले ८ रुपैयाँ बढाउन निर्देशन दिएको आजको राजधानीले लेखेको छ ।
दुई महिनाअघि मात्रै गंगाप्रसाद तिमिल्सेनालाई महाप्रबन्धक नियुक्त गरिएको थियो । महाप्रबन्धक तिमिल्सेनाका अनुसार प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म मूल्य बढाइएको छ । बढेको मूल्यको ६९ प्रतिशत रकम किसानले पाउने उनको दाबी छ ।
संस्थानका अनुसार हरियो प्याकेटमा प्रतिलिटरमा १० रुपैयाँ, निलो र गाईको दूध प्रतिलिटर ८ रुपैयाँ बृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर ५६ रुपैयाँ उपभोक्ता मूल्य रहेको निलो प्याकेटलाई अबदेखि ६४ रुपैया तिर्नपर्ने हुन्छ ।
यसैगरी, ७० रुपैयाँ प्रतिप्याकेट रहेको हरियो दूधको मूल्य अब ८० रुपैयाँ पुर्याइएको छ । मूल्यवृद्धिअनुसार अब किसानले प्रतिलिटर ५ रुपैयाँ ५२ पैसा पाउने छन् भने २ रुपैयाँ ४८ पैसा उद्योगीले पाउने छन्
|
|
Comments[ 0 ]
Post a Comment