बझाङ, बझाङ जिल्लामा एक जना निर्दयी बाबुले आफ्नै छोरीको बलात्कार गरेका छन । जिल्लाको जयपृथ्वी नगरपालिकामा बाबुद्धारा एक ११ बर्षीया छोरी बलात्कृत भएकी छन ।

शनिबार राती ३१ बर्षीय बाबु गजेन्द्र खातीले आफ्नी नाबालक छोरी (गीता) नाम परिवर्तनलाई लाई बलात्कार गरेको बताइएको छ ।
पिडित बालिकालाइ खातीले पटक पटक गरी ६ पटक सम्म बलात्कार गरेको कुरा पिडितले बताएकी छन । आफुलाइ धेरै पटक बलात्कार गरेको भएपनि बाबुले कसैलाई भनेपछि मार्ने धम्की दिने गरेको पनि ती पिडितले बताएकी छन । उनी न्याय पाउनका लागि महिला अधिकार मञ्च आएपछि यस कुराको खुलासा भएको हो ।
पिडित बालिकाका अनुसार बाबुले मदिरा सेवन गरेर पटक पटक बलात्कार गर्न थालेपछि उनले आमालाई जानकारी गराएपछि यो घटना सार्वजनिक भएको हो । हिजो पिडित बालिकाकी आमाले छोरी न्याय दिनका लागी महिला अधिकार मञ्च, जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएकी छन । आफ्नै छोरी बलात्कार गर्ने खाती भगौडा नेपाली सेनाका जवान रहेको बताइएको छ ।
बलात्कार गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर जबरजस्ती करणी ऐन अन्र्तगत कारबाही प्रक्रिया अघि बढेको प्रहरी
source:tajakhabar
Comments[ 0 ]
Post a Comment