क्रिकेटर शरद भेष्वाकर र नायिका निशा अधिकारीवीचको प्रेमसम्बन्ध नेपाली चलचित्र उद्योगमा ‘ओपन सेक्रेट’ जस्तै हो ।

तर, यो ओपन सेक्रेटको खुलासा गर्न निशा र शरदले निकै दुःख बेहोर्नुपर्यो ।
प्रेम सम्बन्धबारे चर्चा गरेको भन्दै कुनै बेला मिडियामाथि खनिए । तर, उनीहरुको प्रेम लुक्न सकेन । यो जोडी यतिबेला धमाधम आफ्ना प्रेम निसानीहरु सार्वजनिक गर्न ब्यस्त छ ।
पहिलोपटक निशाले फेसबुकबाट तस्वीर सार्वजनिक गर्दै प्रेमसम्बन्धको पुष्टी गरेकी थिइन् । प्रेमी शरद पनि के कम ? उनले प्रेमिकालाई आफ्नै पेशाको जर्सी लगाएर मैदानमै फोटोसुट गराए बिराट र अनुष्कालाई माथ दिँदै ।
नेपालको एक मात्र अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान किर्तिपुरमा खिचिएको तस्बिर शरदले ट्विटरमा राखेका छन् । उनले ‘फस्ट इन्डोर्समेन्ट टुगेदर, कमिङ सुन’ भन्दै ट्विट गरेका छन् । निशा र शरदको यो लुक्स एकसाथ पहिलो पटक सार्वजनिक भएको हो ।
निशाले शरदसँग बिहे गर्ने बताए पनि शरदले यसबारेमा कुनै भनाई सार्वजनिक गरेका छैनन्
Comments[ 0 ]
Post a Comment