१८ पुष, काठमाडौं ।

प्रेम सम्वन्धमा रहेको ५ बर्षसम्म गोप्य सम्वन्ध राख्न सफल नायक राजेश हमाल विवाह पछि पत्नी मधुसँग खुलेर घुमघाममा रमाउन थालेका छन् ।
२०१५ को अँग्रेजी नयाँ बर्ष आरम्भमा पनि नायक हमालले पत्नी मधुसँग काठमाडौंमा चर्चित ठाउँ घुमेर मनाएका छन् ।
सामाजि सञ्जाल फेसबुकमा तस्बिर राख्दै हमालले आफूले मधुसँग नयाँ बर्षमा रमाइलो गरेको लेखेका छन् । हमाल जोडी काठमाडौंको ठमेल, दरबारमार्ग घुम्दै रमाइलो गरेका थिए ।
हमालले मधुसँग बिताएको समय रमाइलो भएको समेत लेख्न भ्याएका छन् ।
हमालले फेसबुकमा लेखेका छन्-‘नयाँ बर्षको अवसरमा मधु र म काठमाण्डौका सडकमा घुम्यौ । स्वयम्भु, ठमेल, दरबारमार्ग पुग्यौ ।’ source:npnews
Comments[ 0 ]
Post a Comment