काठमाडौं आश्विन २८ । वेदव्यास तथा परासर ऋषिबारे प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक महायज्ञ गरिने भएको छ । राष्ट्रिय परोपकार महासंघ नेपाल तनहुँको आयोजनामा तनहुँको दमौलीस्थित मादीसेती दोभानमा आगामी कार्तिक ११ देखि १८ गतेसम्म महायज्ञ गरिने भएको हो ।
.jpg)
महायज्ञबारे जानकारी गराउन राजधानी आएको महासंघ टोलीले मंगलबार यसबारे जानकारी गराएको हो । वेदव्यासको जन्मभूमि तथा परासर ऋषिको तपोभूमि रहेको स्थानको प्रचारप्रसार गर्नु महायज्ञको प्रमुख उद्देश्य रहेको आयोजक मुल समिति संयोजक कल्पना गौलीले बताइन् ।
यस्तै, जेष्ठ नागरिक परोपकार चौतारी दिवा र रात्रीकालीन सेवासहित राष्ट्रकै नमूना आश्रम सन्चालन गर्न अक्षयकोष स्थापना गर्ने, मत्स्य गन्धाको सम्मानमा मत्स्य सरोवर निर्माण गर्ने, परासर–व्यास नामाकरणको विशाल उद्यान निर्माण गर्ने लगायतको दीर्घकालीन आयोजना समेत गरेको महासंघले जनाएको छ ।
महायज्ञको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ । भागवत भास्कर गुरुदेव कमलनयन गौतमले श्रीमद्भागवत कथा प्रवचन गर्ने जनाइएको छ ।
- See more at: http://imagekhabar.com/samachar/detail/42204/62/.shtml#sthash.58bL8HGZ.ku9Wu94Y.dpuf
Comments[ 0 ]
Post a Comment