|
काठमाडौं, आश्विन २८ । राजधानीको बबरमहलमा सोमबार साँझ बस ‘पल्टाउने’ चालक चन्द्रबहादुर तामाङलाई सिंहदरबार प्रहरी प्रभागले मंगलबार (आज) बिहानै पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोका चलान गरिएको छ ।
काभ्रेको धुलिखेलबाट काठमाडौं आएको बस अचानक सडकमा पल्टिँदा सोमबार ३ जनाको मृत्यु भएको थियो । बसले ४ ओटा मोटरसाइकल किचेको थियो ।
|
Comments[ 0 ]
Post a Comment