आफ्नो ज्यान बचाउन मधेश टुक्र्याउने अभिव्यक्ति दिएको सिके रावतको खुलासा (संवाद सहित )..
Tuesday, October 14, 2014
काठमाडौँ,२८ असोज । राज्यविप्लवको मुद्दा लागेर थुनामा रहेका सीके रावतले अरुकै प्रभावमा आफूले मधेश टुक्र्याउने अभियान शुरु गरेको खुलासा गरेका छन् ।
कानुन व्यवसायी सुनिलरञ्जन सिंहबिच २१ असोज बुधबारका दिन भएको दोहोरो कुराकानीमा राउतले नेपालबाट मधेस टुक्राउने अभियान छोडे कुनै समूहले आफ्नो हत्या गर्ने खुलासा समेत गरे । नेपालबाट मधेस छुट्याउने अभियान छोडे या अदालतमा बयान फेरे कसले र किन उनको हत्या गर्छ त्यो भने उनले खुलाउन नचाहेको सिंहले बताउनुभयो ।सीके र कानुन व्यवसायी सिंहबिच दुई घण्टा छलफल भएपछि उनी बयान फेर्ने मनस्थितिमा पुगेका थिए । सुरुमा अहिले नभएर १० बर्षपछि देश टुक्राउने लक्ष्य रहेको बताएपनि पछि अदालतमा भने उनले आफू अखण्ड राष्ट्रकै पक्षमा भएको बयान दिए । बयानको पहिलो दिन सोधिएका २४ प्रश्नमा उनले स्वतन्त्र र स्वायत्त मधेसका पक्षमा आफू लागेको तर देश टुक्र्याउने अभियान नलागेको बताएका थिए ।पहिलो दिन २४ असोज शुक्रबार उनको बयान नसकिएपछि आइतवार फेरि बयान लिइएको थियो । बयान दिन आउँदा शुक्रबार गरेको आफ्नो बयान पुनः फेर्न उनले खोजेका थिए । अदालतका कर्मचारी अगाडि नै उनले १० बर्षपछि देश टुक्राउने लक्ष्य रहेको बताएका थिए । प्रस्तुत छ सिके र कानून व्यवसायी सुनिलवीच भएको सोहि संवादको केहि अंश :सुनिलः नेपालबाट मधेस छुट्याउने सोच र अभियानसहितको जुन बयान तपाईंले प्रहरीमा दिनु भयो, त्यही बयान अदालतमा दिए जन्मकैद हुनबाट कसैले बचाउन सक्दैन । बयान फेर्नु पर्छ ।सीकेः अहँ हुँदैन । मधेसलाई नेपालबाट छुट्याउने अभियान छाडे भने उनीहरुले मलाई छाड्दैनन् मारिदिन्छन् ।सुनिलः उनीहरु भनेको को हो ? किन मारिदिन्छन् तपाईंलाई ?सीकेः तपाई बुझनु हुँदैन यो कुरा, म मर्न सक्छु तर यो अभियान छोड्न सक्दिन र मिल्दैन पनि ।सुनिलः म तपाईंको वकिल हुँ तपाईंले मलाई सवै कुरा खुलस्त भन्नु पर्छ ।सीकेः म अहिले केही भन्दिनँ, यसमा कर नगरौँ । यो मधेस छुट्याउने मुद्दा छोडेमा मलाई मारिदिन्छन् ।सुनिलः उसो भए म तपाईंको तर्फबाट मुद्दा लड्न सक्दिँन । तपाईंलाई जन्मकैदको फैसला हुनबाट कसैले रोक्न सक्दैन् । निर्दोषलाई पो न्यायालयले न्याय दिन्छ । तर तपाईंको पक्षमा न्यायाधीशले कुन आधारमा फैसला देलान् । तपाईंको सोच के हो ?सीकेः मेरो सोच नेपालबाट मधेस छुट्याउने नै हो तर अहिले होइन १० बर्षपछि
Tags:
News
Comments[ 0 ]
Post a Comment