एजेन्सी ।
विवाह दर्ता विश्वभरी प्रचलित छ । विवाहपछि दर्ता नगरी कानूनीरुपमा बैध मानिँदैन विवाह ।

मंगलबार हङकङमा अनौठो दृष्य देखियो । देशमा तनाव भैरहेको समयमा विवाह गरेका जोडीहरु विवाह दर्ताका लागि दौडिएर विवाह दर्ता गर्ने कार्यालयमा पुगे ।
प्रदर्शनकारी र पुलिसबीचको भिडन्त चिर्दै विवाह दर्ता गर्न पुगेका उनीहरुलाई पुलिसले कार्यालयमा छिर्न दिएन
।
विहान ११ बजे नै कार्यालय पुगेपनि उनीहरुले विवाह दर्ता गर्न पाएनन् । किन भने पुलिस प्रदर्शनकारी नियन्त्रण गर्न र उनीहरुले बनाएका ब्यारिकेड भत्काउन ब्यस्त थियो । पुलिसले उनीहरुलाई रोक्यो ।
असिन पसिन भएर उनीहरु त्याहाँ पुगेर पनि विवाह दर्ता गर्न नपाएका उनीहरु रुँदै फर्केका दृष्य अहिले चिनियाँ समाजिक सञ्जालमा भाइरल बनेका छन् ।
Comments[ 0 ]
Post a Comment