संसारको कुनै पनि देशमा झन्डालाई जमिनमा छुवाउनु अपमान मानिन्छ। बेल्जियमको सोफोन्टेनमा विश्वयुद्धका क्रममा मारिएका नेपालीहरुको सम्झनामा आयोजित कार्यक्रममा त झन्डालाई भूइँमा ओछ्याएर खुट्टाले समेत कुल्चेको देखिएको छ। रास्ट्रिय झन्डाविरुद्धको यो अपराधमामा संलग्न नेपालीहरु प्रति क्षोभ प्रकट गर्न चाहन्छु। राजदूत जस्तो व्यक्तित्वलाई आफ्नो देशको झन्डा बिदेशमा कहाँ कसरी प्रयोग गर्नु हुन्छ/हुन्न भन्ने सामान्य ज्ञान समेत नहुनु दुःखलाग्दो र लज्जास्पद विषय हो।

सरकारले जारी गरेको ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ मा राष्ट्रिय झण्डा भूँइमा नलत्रने किसिमले राष्ट्रिय झण्डाको उचित सम्मान प्रकट हुने गरी ठड्याएर राख्नुपर्ने, फहराउने प्रकृतिको कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग निषेध गरिएको छ।
अमेरिकाको फ्ल्याग कोडमा राष्ट्रिय झण्डा भूँइमा छुवाउन नहुने उल्लेख छ। त्यसैगरी अन्य विभिन्न देशमा पनि झन्डा जमिनमा छुवाउन नहुने नियम बारे यहाँ उल्लेख छ।
हेर्नुस् नेपालको झन्डाबारे कार्यविधिमा के छ ?
jhanda1
jhanda2
jhanda3
jhanda4
jhanda5
jhanda6
jhanda7
jhanda8
Comments[ 0 ]
Post a Comment