काठमाडौ, आश्विन २० - इस्लाम धर्मालम्बी मुसलमानहरुले सोमबार बकर इद-इदउल अजहा) पर्व उत्साहका साथ मनाउँदैछन् । मुसलमानहरुका लागि इदउल फित्रपछिको यो महत्वपूर्ण ठूलो पर्व हो ।
बकर इदका अवसरमा मुसलमानहरु मस्जिदमा गएर सामूहिक रुपमा नमाज पढ्ने गर्छन देशभरिकै मस्जिदमा आज विशेष चहल पहल देखिएकोछ ।
नमाज पढेपछि एक आपसमा गला मिलाएर'इद मुबारक' भन्दै शुभकामना आदान प्रदान गर्दै भाइचारा साट्नु यो पर्वको महत्वपूर्ण विशेषता मानिन्छ । यस पर्वमै साउदी अरबमा हज(तीर्थाटन) गरिन्छ । नेपालबाट पनि धेरै मुस्लिमहरु हज यात्रामा जाने गर्छन । सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक बिदा दिएकोछ ।
Comments[ 0 ]
Post a Comment