काठमाडौ, आश्विन १९ - संबिधानसभाको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले आइतबार साँझ राष्ट्रपति रामवरण यादवलाई भेट गरी संबिधान निर्माणमा भएको प्रगतिबारे जानकारी गराएका छन् ।
राष्ट्रपति र भट्टराईबीच संबिधान निर्माणलगायत समसामयिक राजनीतिबारे छलफल भएको भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।
संबिधानसभाले संवाद तथा सहमति समितिलाई असोज १४ गतेभित्र संबिधानका विवादित बिषयमा दलहरुबीच सहमति जुटाउन र २१ गतेभित्र प्रतिवेदन पेश गर्न समयसीमा दिएको थियो ।
समयसीमा भित्र दलहरुबीच सहमति हुन नसकेपछि प्रतिवेदन बुझाउने दिनसम्म पनि सहमतिकेा प्रयास जारी राख्ने भन्दै प्रमुख दलहरु छलफलमा जुटेका छन् ।
दलहरुबीच संघीयता, शासकीय स्वरुप र न्याय प्रणालीजस्ता मुद्दामा विवाद कायमै छ । विवादित बिषयमा सहमति जुटाउन आइतबार बसेको तीन दलको शीर्ष नेताको बैठक समेत बिना निश्कर्ष टुंगिएको छ
Comments[ 0 ]
Post a Comment