भुक्तान नगरे ऋणी र व्यक्तिगत जमानीकर्ता केकी अधिकारीलाई समेत कालोसुचीमा राखी कानुनी कारबाही गरी बैँकको लेनारकम धितोमा रहेको चल अचल सम्पति लिलाम बिक्रीसमेत गरी असुल उपर गरिने सूचनामा उल्लेख छ।
•पहिलोपोस्ट-
काठमाडौँ : घर कर्जा अन्तर्गत आमाबाबुले लिएको ऋण नतिरेपछि सिभिल बैँकले नायिका केकी अधिकारीको नाममा पत्रिकामा सार्वजनिक सूचना निकालेको छ।
निर्देशक बाबु बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीले लिएको ऋण नतिरेपछि जमानी बस्ने सिभिल बैँकले केकीको फोटोसहितको ऋण तिर्न आउने ३५ दिने सार्वजनिक सूचना मंगलबार पत्रिकामा छापेको हो।
मुख्य शाखा कमलादीबाट घर कर्जा शीर्षकमा लिएको ऋण कर्जा तथा बैँकिङ सुविधाको साँवा ब्याज र अन्य दैदस्तुरसमेत शर्त कबुलियत बमोजिम समयसमयमा तिर्न बुझाउनु पर्नेमा सो नतिरी नबुझाएको, पटक पटक मौखिक तथा लिखित तरताकेता गर्दासमेत सोको बेवास्ता गरेको भन्दै ३५ दिनभित्र चुक्ता भुक्तान गर्न सूचनामा भनिएको छ।
भुक्तान नगरे ऋणी र व्यक्तिगत जमानीकर्ता केकी अधिकारीलाई समेत कालोसुचीमा राखी कानुनी कारबाही गरी बैँकको लेनारकम धितोमा रहेको चल अचल सम्पति लिलाम बिक्रीसमेत गरी असुल उपर गरिने सूचनामा उल्लेख छ।
'स्वर' बाट फिल्म दुनियाँमा प्रवेश गरेकी केकीले विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन्।
यस्तो छ सूचना-
Comments[ 0 ]
Post a Comment