भेरी बस दुर्घटनाः ४० बढी अझै बेपत्ता, कसरी भयो, के भयो ? (भिडियोसहित) -
Thursday, November 20, 2014
जाजरकोट, मंसिर ५ ।

जाजरकोट सुर्खेत सडकखन्डअन्तर्गत् सुर्खेतको भूर गाविस ८ भूतचौरबाट बिहीबार बिहान भेरी नदीमा खसेको बसमा बेपत्ता यात्रुहरुको खोजी कार्य शुक्रबार पनि जारी छ । जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतको राकमको लागि छुटेको ना३ख १४०८ नम्बरको बसमा हराइरहेका यात्रुहरुको खोजी नेपाली सेनाको गोताखोर टोलीले गरिरहेको छ ।बसमा रहेका ४० भन्दा बढी यात्रुहरु हराइरहेकाले उनीहरुको खोजी भइरहेको हो । दुर्घटनामा मृत्यु हुने तीन जनाको मात्र अहिलेसम्म शव प्राप्त भएको छ भने ११ जना पौडेर बाँचेका थिए ।मृत्यु हुनेमा जाजरकोट खलंगा २ की ४३ वर्षीया रिता सुनार, झिने १ का उज्वल मल्लका तीन वर्षीय छोरा रहेका छन् । एक बालिकाको भने सनाखत हुन सकेको छैन ।जाजरकोट सदरमुकाम खलंगाबाट विहीबार बिहान ६ बजेतिर छुटेको बस साढे सात बजेतिर दुर्घटनामा परेको थियो । सडकबाट करिब ६० मिटर तल खसेको बस पूर्णरुपमा भेरी नदीमा डुबेको छ ।घाइतेहरुको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।

-
Tags:
News
Comments[ 0 ]
Post a Comment