१२ कात्तिक, काठमाडौँ ।
वैदेशिक रोजगारका लागि साउदी अरव पुगेका ५९ नेपाली युवा साउदीको दोस्सारमा अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय कम्पनीले तलब भत्ता र फर्कने कागजात समेत नदिई बिचल्लीमा पारेको हो ।

‘साइद हादी अल दोस्सरी कन्ट्राक्टिङ इष्ट’ कम्पनीमा कार्यरत उनीहरुलाई सम्झौता अवधि समाप्त भएको दुई वर्ष भइसक्दा पनि स्वदेश फर्कन दिइएको छैन । पासपोर्टलगायत कागजात कम्पनीकै कव्जामा छ ।
काठमाडौंस्थित गोर्खा नेपाल र एसी इम्प्लोइमेन्ट ब्युरो प्रालिमार्फत साउदी पुगेका उनीहरु महिनौं तलब नपाएपछि सेप्टेम्बर दोस्रो साता कम्पनी छाडेर बाहिरिएका थिए । दोस्सारस्थित लेबरकोर्टमा कम्पनीविरुद्द उजुरी गरेपछि कोर्टले दुई पक्ष राखेर सहमति गराएको थियो ।
यसैबीच,कम्पनीले पाँच नेपाली युवालाई अपहरण शैलीमा अज्ञात स्थलमा पुर्याएर बन्धक बनाउँदै काममा लगाइरहेको त्यहाँबाट रेशम थिङले जानकारी दिएको आजको नागरिक दैनिकमा खबर छ । उनले ह्वाटसप एकाउन्टमा पठाएको मेसेजमा त्यहाँ उनीसहित हस्तबहादुर रावल,राजु नगरकोटी,श्रीराम घिसिङ र विर्सिंग तामाङलाई थुनुवा बनाइएको छ ।
साउदी अरबका सरकारी उच्च अधिकारीसम्म पहुँचै नभएको रिहादस्थित नेपाली दूतावास भने निरिह छ । नेपाली कामदारलाई बन्धक बनाएर राखिएको र विचल्लीमा पारिएको सम्बन्धमा जानकारी माग्दा दूताबासले लेबरकोर्टको सहमति अबधिसम्म धैर्य धारण गर्न आग्रह गरेको छ । source:nepaliheadlines
Comments[ 0 ]
Post a Comment