पूर्वयुवराज पारस शाहको ख्याउटे र जिङ्ग्रिङ्ग परेको तस्बिर सञ्चारमाध्यममा देखेपछि धेरैले मन दुखाए । चित्त दुखाउनेहरुको चिन्ता देशको पूर्वराजपरिवारको सदस्यको गतिछाडा अवस्थाप्रति थियो । पूर्वराजा ज्ञानेन्द्रले गति छाड्दा जसरी राजतन्त्रले नै हात धुनुपर्यो त्यसरी नै पारसले गति छाड्दा थाइ प्रहरीले हतकडी नै लगाइदियो ।

ज्ञानेन्द्रले समयको गति जनताको चाहना केहीका वास्ता नगरी अधिनायकवादी शैलीमा शासन चलाउन खोजेर देशलाई नै बन्धक बनाउन खाजे र त्यसको मूल्य पनि राम्रैसँग चुक्ता गरे । तर, उनको अदूरदर्शिता र गलत संस्कारका कारण उनको सिंगो परिवार भित्र भित्रै जलेर खरानी हुने अवस्थामा पुगेको छ ।
आजको जनआस्था साप्ताहिक लेख्छ, सडकमा मान्छे मारेर हिँड्ने दरबारमा कालो पदार्थ खाँदा पनि छुट दिने दरबारिया संस्कारको उत्कर्षमा पारसको हातमा थाई प्रहरीले हतकडी लगाएको छ । धरौटीमा रिहा भएका पारसलाई नेपाल आउनबाट रोक्न ज्ञानेन्द्रका ज्वाई राजबहादुर सिंहले हिमानीका कान फुकेको समेत बताइन्छ । सुरुमा मिलेर व्यापार गर्ने भनेर तिनै राजबहादुरले पारसलाई सिंगापुर पुर्याएका थिए । source:nepaliheadlines
Comments[ 0 ]
Post a Comment